रेशम चौधरीको शपथ तीन बजेका लागि सारियो

सफल खबर संवाददाता

विहीबार, १९ पुस २०७५, १५ : ०२
रेशम चौधरीको शपथ तीन बजेका लागि सारियो

काठमाडौं l टीकापुर हत्याकाण्डमा मुछिएका रेशम चौधरीको शपथ तीन बजेका लागि सारिएको छ । डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरीलाई जेलबाट रिहाई नगरिएका कारण ११ः३० का लागि तोकिएको शपथ तीन बजेको लागि सारिएको बताइएको छ ।

१ बजे संसदको बैठक छ । बैठकपछि उनको सपथ हुने संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक उमाशंकर अरगरियाले बताए । २०७२ भदौ ७ गते कैलालीको टिकापुरमा भएको प्रहरी र आन्दोलनकारीको झडमा एक बालकसहित ८ जनाको हत्या भएको थियो । सो घटनाको मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार भएका थिए । भारतको विभिन्न ठाउँमा लुकेर बसेका उनले फरारकै अवस्था प्रतिनिधिसभा चुनाव लडेका थिए भने ३४ हजार ३४१ मतका साथ विजयी भएका थिए । विजयी भएपनि निर्वाचन आयोगले उनलाई प्रमाणा पत्र दिएको थिएन । प्रमाणपत्र लिनका लागि उनले अदालतमा मुद्दा समेत दायर गरेका थिए ।

मुद्दा दायर भएपछि उनलाई निर्दोष भए अदालतमा हाजिर हुन अदालतले भनेको थियो । त्यसपछि उनी राजपा नेपालका नेताहरुको सल्लाहमा अदालतमा हाजिर भएका थिए । २०७४ फागुन १४ गते अदालतमा हाजिर भएका उनलाई पूर्पक्षका लागि थुनामा राखिएको थियो । थुनामा रहेका उनी त्यही अनसन शुरु गरेका थिए । अनसनमा अस्वस्थ्य भएपछि २०७४ फागुन २३ गते बुद्ध एयरबाट काठमाडौ ल्याइएको थियो । काठमाडौमा उनको उपचार वीर अस्पतालमा भइरहेको थियो । उनले त्यहाँ पनि अनसन शुरु गरेका थिए । राजपा नेपालको दवाव पछि चाँडै शपथग्रहण गराउने भन्दै प्रधानमन्त्री केपी ओलीको निर्देशनमा गृहमन्त्री रामबहादुर थापाले उनलाई जुस खुवाएर अनसन तोडाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस