फोटोफिचर

पूर्वयुवराज पारस शाह चितवनमा, स्वागत गर्न आएकाहरुले भने ‘राजतन्त्र जिन्दावाद’

सफल खबर संवाददाता

आइतबार, १५ पुस २०७५, १४ : ४६
पूर्वयुवराज पारस शाह चितवनमा, स्वागत गर्न आएकाहरुले भने ‘राजतन्त्र जिन्दावाद’

चितवन । पूर्वयुवराज पारस शाह तमू ल्होसारको कार्यक्रममा सहभागी हुन आइतबार चितवन आईपुग्नु भएको छ । उहाँ बिहान ११ बजेर ५० मिनेटमा बुद्ध एयरको विमानबाट चितवन आइपुग्नु भएको हो ।

पूर्वयुवराज शाह तमू ल्होसारको अवसरमा पटिहानीस्थित एक गुम्बामा आयोजित कार्यक्रममा सहभागी हुन चितवन आउनु भएको उहाँका निकटतम सहयोगी राजु शाहले जानकारी दिनुभयो । भरतपुर विमानस्थलमा शाहलाई उहाँका समर्थकहरुले भव्य स्वागत गर्दै राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए । करिब पाँच मिनेटसम्म चर्को स्वरमा उहाँका समर्थकले ‘राजतन्त्र जिन्दावाद’ भन्दै नारा लगाएका थिए ।

पूर्वयुवराज शाहलाई पत्रकारहरुले केही बोल्न आग्रह गरेपनि उहाँले मान्नु भएन । पूर्वयुवराज शाहको आज जन्मदिन भएकाले उहाँ आजै भरतपुरबाट पोखरा जाने कार्यक्रम रहेको छ । यतिबेला पूर्वराजा ज्ञानेन्द्र शाहसहित पूर्वराजपरिवारका अन्य सदस्यहरु पोखरामा रहेका छन् । पूर्वयुवराज पारसले आफ्नो जन्मदिन परिवारका सदस्यबीच पोखरामा मनाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस