भरतपुर महानगरपालिकाद्वारा चीनको सिपिङ सिटीका प्रतिनिधीहरूलाई स्वागत

सफल खबर संवाददाता

सोमबार, ०९ पुस २०७५, १७ : २२
भरतपुर महानगरपालिकाद्वारा चीनको सिपिङ सिटीका प्रतिनिधीहरूलाई स्वागत

चितवन । सोमबार भरतपुर आएको चीनको सिपिङ सिटीका प्रतिनिधीहरूको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ ।

उक्त अवसरमा बोल्दै भगिनी सम्बन्धपछि दुई सहरका बिचमा सुमधुर सम्बन्ध बन्दै जाने प्रतिनिधि मन्डलका प्रमुख डिपोटी सेक्रेटरी ली ह्वाडंगले बताउनु भयो । ली ले सॉस्कृतिक आदानप्रदानसंगै प्रविधि हस्तानतरणका साधै पूर्बाधार निर्माणमा दुई सहरबीच सहकार्य हुनुपर्ने बताउनु भयो । सिपिङले गरेका भौतिक बिकाससंग भरतपुरलाई जोड्न सक्दा सिस्टर सिटीको महत्व हूने बताउँदै आफूहरूले कृषि, शिक्षा, स्वास्थ्य र पूर्बाधारको क्षेत्रमा चिनियाँ लगानी भित्तयाउन सिपिङले भूमिका खेल्ने बताउनु भयो ।

जनगणतन्त्र चीनको सिपिङ्ग सिटीका प्रतिनीधी मण्डलमा चिनियाँ कम्युनिष्ट पार्टीको सिपिङ म्युनिसिपल कमिटीका डेपुटी सेक्रेटरी लि यान, सिपिङ म्युनिसिपलको पर्यटन र सँस्कृति ब्युरोा निर्देशक जि झियिङ, होङ्जु आर्थिक विकास क्षेत्रका फु योङ्जिउ, सुआङ्लिआओका डेपुटी मेयर नी ली र सिपिङ विदेश मामिला सेवा केन्द्रका सुन शेङ्नान रहनु भएको छ ।

कार्यक्रममा महानगरपालिका प्रमुख रेनु दाहालले टोलीलाई स्वागत गर्नु भएको थियो । सिपिङ्ग सिटीका प्रतिनीधि मण्डललाई  स्वागत गर्न पाउँदा भरतपुर महानगरपालिका परिवार अत्यन्तै हर्षित भएको बताउँदै महानगर प्रमुख दाहालले भन्नुभयो, ‘नेपाल र चीनबीच भृकुटी र स्रङ्गचङ्ग गम्पोसँग जोडिएको सदियौँदेखिको अत्यन्त सुमधुर सम्बन्ध कायम रहँदै आएको छ । चीनले नेपालको पूर्बाधार बिकास, शिक्षा, स्वास्थ्यका साथै आर्थिक सामाजिक क्षेत्रमा नेपाली जनताको मन जित्ने गरी सहयोग पूर्याइरहेको छ । म जनगणतन्त्र चीनप्रति हृदयदेखि धन्यवाद दिन चाहन्छु।’

कृषि र ‌औद्योगिक विकासको क्षेत्रमा तीव्र गतिमा अगाडि बढिरहेको मित्रराष्ट्र चीनको सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच गत जेठ महिनामा भगिनी सम्बन्ध कायम भएको छ । यसबीचमा भरतपुर महानगरपालिकाको प्रतिनिधी मण्डलले सिपिङ्ग सिटीको भ्रमण सम्पन्न गरिसकेको छ । सिपिङ्ग सिटी र भरतपुर महानगरपालिकाबीच भएको भगिनी सम्बन्धले दुई नगरबीचको आपसी सम्बन्धलाई सुमधुर बनाउने महानगर प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो । यस सम्बन्धले कृषि पर्यटन औधोगिक विकासका साथै ज्ञान, सिप, प्रविधि आदनप्रदान मार्फत जनस्तरको सम्बन्धलाई झनै प्रगाढ पार्न महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

‘मित्र राष्ट्र चीनको सिपिङ्ग सिटिसँग सहकार्य गर्दै समृद्धि यात्रामा सँगसँगै जान चाहन्छौं’ दाहालले भन्नुभयो, ‘कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यका साथै पूर्वाधार विकासमा सहकार्य गर्न चाहन्छौं । यस अवसरमा सिपिङ्ग सिटि र चिनियाँ निजी क्षेत्रसँग भरतपुर महानगरपालिकामा लगानी गर्न आह्वान समेत गर्दछु ।’

कार्यक्रममा भरतपुर महानगरपालिकाको अवस्थाका साथै भएगरेका कामको जानकारी गराइएको थियो । कार्यक्रममा प्रमुख प्रसासकीय अधिकृत नेत्रप्रसाद सुबेदी, महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पिडित भन्डारी, वडा अध्यक्षहरूकासाथै चिनियाँ प्रतिनिधीहरूको सहभागिता रहेको थियो l

प्रतिक्रिया दिनुहोस