इण्डोनेसियामा ज्यानमारा सुनामीको कहर (फोटोफिचर)

एजेन्सी

सोमबार, ०९ पुस २०७५, १५ : २१
इण्डोनेसियामा ज्यानमारा सुनामीको कहर (फोटोफिचर)

इन्डोनेसिया । इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २ सय ८१ पुगेको छ । ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ । इन्डोनेसियाका सुण्डा स्त्राइटको तटीय क्षेत्रमा स्थानीय समयानुसार शनिबार राति ९ः३० मा भएको ज्वालामुखी विस्फोट र त्यसपछि भीषणरुपमा आएको सुनामीको कारण सोमबार बिहानसम्म २ सय ८१ व्यक्तिको मृत्यु भएको छ । एक हजार जनाभन्दा बढी घाइते भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जनाएको छ ।

यस प्रकोपका कारण दक्षिणी सुमात्रा र पश्चिमी जाभा द्वीपका तटीय क्षेत्रमा रहेका हजारौँ भवन ध्वस्त भएका छन् । खोज तथा उद्धारको कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताइएको छ । इन्डोनेसियामा ज्वालामुखी विस्फोट र भूकम्पको उच्च जोखिम रहने गरेको छ । शनिबार राति विस्फोट भएको ज्वालामुखीलाई स्थानीय अधिकारीहरुले ‘क्राकाटोआ’ नाम दिएका छन् । (तस्बिरहरु : एपी/रासस)

प्रतिक्रिया दिनुहोस