फेसबुकमा प्रचण्डलाई जथाभावी लेखेपछि पक्राउ परेका सुबोध प्रधान आत्मालाेचनापछि दैनिक तारेखमा रिहा

सफल खबर संवाददाता

आइतबार, ०८ पुस २०७५, १९ : २७
फेसबुकमा प्रचण्डलाई जथाभावी लेखेपछि पक्राउ परेका सुबोध प्रधान आत्मालाेचनापछि दैनिक तारेखमा रिहा

चितवन । सामाजिक सञ्जाल फेसबुकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘हत्यारा’ भनेर स्टाटस पोस्ट गरेपछि पक्राउ परेका होटल ब्यवसायी सुबोध प्रधानलाई प्रहरीले आइतबार राति रिहा गरेको छ । नेपाली काँग्रेसको जिम्मामा भावी दिनमा यस्ता गतिविधि नगर्ने शर्तमा प्रधानलाई आत्मालाेचनापछि दैनिक तारेखमा रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रधानले पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गाली गरेर स्टाटस पोष्ट गरेको भन्दै ठाडो उजुरीका आधारमा प्रधानलाई पक्राउ गरिएको थियो । नेपाली कांंग्रेसका महासमिति सदस्य प्रधान तरुण दलका पूर्वकेन्द्रीय सदस्यसमेत हुनुहुन्छ । यसअघि पनि उहाँले फेसबुकमा आपत्तिजनक स्टाटस पोस्ट गर्दै आउनु भएको थियो ।

चितवनका प्रहरी प्रमुख एसपी सुशीलसिंह राठौरले पूर्वप्रधानमन्त्री प्रचण्डको मानमर्दन हुने गरी स्टाटस लेखेको भन्ने उजुरी परेपछि प्रधानलाई पक्राउ गरेर सोधपुछ गरिएको र आइन्दा यस्ताे नगर्ने शर्तमा आत्मालाेचनापछि दैनिक तारेखमा रिहा गरिएकाे बताउनु भयो । प्रधानलाई उहाँकै दाजु सुभाष प्रधानकाे राेहवरमा नेपाली काँग्रेस जिल्ला सभापति जितनारायण श्रेष्ठकाे जिम्मा लगाइएकाे हाे । दैनिक तारेखमा रहेका सुबाेध प्रधानले अब उप्रान्त यस्ताे गल्ती दाेहाेर्याएमा उहाँलाई विद्युतीय काराेबार ऐन अन्तर्गत कारबाही चलाउने कागज गरिएकाे प्रहरी स्राेतले जनाएकाे छ ।

हाेटल व्यवसायी भएर पनि सुबाेध प्रधानले फेसबुकमा आफ्नाे हैसियत स्मरण नगरी पाेष्ट गरेका सामग्री यस्ता छन् :

प्रतिक्रिया दिनुहोस