लालुलाई साढे तीन बर्षको जेल सजाय

शनिबार, २२ पुस २०७४, १७ : ५७
लालुलाई साढे तीन बर्षको जेल सजाय

पटना सीबीआईको विशेष अदालतले विहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई चारा घोटाला मुद्दामा साढे तीन बर्षको सजाय सुनाएको छ । लालु हाल राँचीको बिरसा मुन्डा जेलमा छन् ।

लालुलाई सजाय भिडियो कन्फ्रेन्सबाट सुनाइएको थियो । साढे तीन बर्षको सजायबाहेक लालुलाई पाँच लाख रुपैयाँ जरिवाना पनि गराइएको छ ।

तीन बर्ष भन्दा बढी सजाय सुनाइएकाले उनलाई यही अदालतबाट जमानत मिल्ने छैन । लालुका वकिल प्रभात कुमारले उच्च न्यायलयमा अपिल गर्ने बताएका छन् । २३ डिसेम्वर २०१७ मा लालुलाई दोषी ठहराइएको थियो ।

लालुबाहेक यो मुद्दामा अन्य पाँचलाईपनि दोषी ठहराइएको छ । जसमा पूर्वमन्त्री जगदीश शर्मा पनि छन् ।

प्रतिक्रिया दिनुहोस