दुई कमाण्डर सहित आइएसका २० लडाकू मारिए

शनिबार, २२ पुस २०७४, १७ : ४१
दुई कमाण्डर सहित आइएसका २० लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी २० जना भन्दा बढी इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन् । मारिएकाहरु मध्येमा दुई जना आइएसका कमाण्डर नै रहेका अधिकारीहरुलाई उद्धृतगर्दै विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् ।

पुर्वी प्रान्त लाघमनमा लुकेर बसेका लडाकूहरुलाई लक्ष्यगरी शुक्रबार गरिएको कारबाहीका क्रममा उनीहरु मारिएको सेनाका एक जना प्रवक्ताले शनिबार जानकारी दिएका छन् । अफगानिस्तानको सुरक्षाफौजले अलिनेगर जिल्लाको नुर्लाम उपत्यकामा लुकेर बसेका आइएस लडाकूहरुलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको थियो ।

शुक्रबार अबेर राती भएको आक्रमणमा परी २० जना मारिएका छन्– अफगान सेनाको पुर्वी क्षेत्रका एकजना प्रवक्ता सिरिन अक्वा फाक्विरीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिए ।
उनका अनुसार आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन् । उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका बताइएको छ । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस