चितुवाको आक्रमणबाट  रामदेगी वनमा  ध्यान गरिरहेका बौद्ध भिक्षुको मृत्यु

एजेन्सी

विहीबार, २७ मंसिर २०७५, १४ : ३३
चितुवाको आक्रमणबाट  रामदेगी वनमा  ध्यान गरिरहेका बौद्ध भिक्षुको मृत्यु

भारत । भारतको महाराष्ट्रमा रहेको चन्द्रपुर जिल्लामा रामदेगी वन छ । त्यसको एक रुखमुनि बसेर ध्यान गरिरहेका ३५ वर्षीय बौद्ध भिक्षुलाई मंगलवार चितुवाले मारिदिएको छ ।

एक अधिकारीले बुधवार यसको जानकारी दिएका हुन् । नागपुरबाट १५० किलोमिटर पर रहेको चन्द्रपुरमा चितुवाको आक्रमणमा मारिएका भिक्षु राहुल वाल्के हुन् । 

अधिकारीहरूका अनुसार, मृतक भिक्षु विगत एक महिनादेखि त्यहाँ ध्यान गरिरहेका थिए । 

तदोबा अन्धारी बाघ संरक्षित क्षेत्रका उपनिर्देशक गजेन्द्र नरवानेले भने, ‘यो घटना मंगलवार बिहान दश बजेतिर भएको हो । त्यतिखेर भिक्षु ध्यानस्थ थिए ।’

जंगलमा एक ऐतिहासिक बौद्ध मन्दिर छ र घटना भएको रुख त्यसनजिकै छ ।  विगत एक महिनादेखि भोजन लिनका लागि वाल्केसँग दुई बौद्ध भिक्षु जाने गरेको नरवानेले बताए । जंगली पशुका बारेमा भिक्षुलाई चेतावनी दिइएको उनको भनाइ छ । 

वाल्केको शव घटनास्थलबाट बरामद गरिएको छ । यसै इलाकाको एक बाघ ५१० किलोमिटर हिँडेर महाराष्ट्रबाट मध्य प्रदेश पुगेको थियो र दुई किसानको ज्यान लिएको थियो । (एजेन्सी

प्रतिक्रिया दिनुहोस