याङ्गुन । म्यान्मारले यहाँको जेलमा रहेका १७ जना बङ्गलादेशका नागरिकलाई मुक्त गरिएको जनाएको छ । आफ्नो जेलमा रहेका र सजाय पूरा गरेका ती बङ्गलादेशीलाई जेल मुक्त गरिएको म्यानमारका अधिकारीलाई उद्धृत गर्दै म्यानमारको अखबार ‘ग्लोबल न्युज लाइट अफ म्यान्मार’ले शु्क्रबार जनाएको छ ।
म्यान्मारको जेलबाट मुक्त भएका तीन १७ बङ्गलादेशी नागरिकलाई रखाइन राज्यको माउङ्गतावका अधिकारीहरूले बङ्गलदेशको सीमा सुरक्षा गार्डलाई बुधबार जिम्मा लगाएको जनाइएको छ ।
बङ्गलादेशको सीमा सुरक्षागार्डले उनीहरूलाई पानी जहाजबाट आफ्नो देश लैजाने तयारी गरिरहेको जानकारी दिएका बताइएको छ ।
जेलमा रहेका १७ मध्ये १४ जनालाई म्यान्मारमा अवैध रूपमा प्रवेश गरेर बिना काम बसिरहेको आरोप लगाइएको थियो । त्यसैगरी अरू तीन जनालाई भने म्यानमारमा विभिन्न अपराधमा संलग्न रहेको आरोप लगाइएको थियो ।
उनीहरूलाई दिइएको जेल सजाय पूरा भएपछि जेलबाट मुक्त गरिएको म्यानमारका अधिकारीले जानकारी दिएका छन् । (रासस/सिन्हवा)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २१ मंसिर २०७५, १९ : ४८
लेखकबाट थप