फेसबुक चलाएर यसरी कमाउन सकिन्छ पैसा

सफल खबर संवाददाता

विहीबार, १३ मंसिर २०७५, १९ : १७
फेसबुक चलाएर यसरी कमाउन सकिन्छ पैसा

काठमाडौं । आजभोली धेरैले फेसबुक मार्फत पैसा कमाउन थालेका छन् । कतिले त पेसा नै यस्तै गरेर मनग्य आम्दानी समेत गरिरहेका छन् । अब आम्दानी चाही कसरी गर्न सकिन्छ त ? हेरौं । यो हेरेर यसलाई फलो गर्नुभयो भने तपाईले पनि लाखौ कमाउन सक्नुहुन्छ ।

फेसबुक विश्वकै नम्बर एक सामाजिक सञ्जाल हो । यसमा करिब १.३ विलियन प्रयोगकर्ताहरु विश्वभरबाट जोडिएका छन् । प्राय यसका प्रयोगकर्ताहरुले दिनमा एक पटक फेसबुक खोलेकै हुन्छन् । त्यसैले आफ्नो व्यापार व्यसाय र उत्पादनको बारेमा विश्वलाई जानकारी दिन फेसबुक सजिलो माध्यम बनेको छ ।

साना होस् वा ठूला सबै खाले व्यवसायहरुले आजभोलि फेसबुकमा आफ्ना उत्पादनको विज्ञापन गरि प्रचार प्रसार गरिरहेका हुन्छन् । फेसबुकमा तपाईँ हामीले लाइक नगेरको पेजबाट स्पोन्सर भनेर देखिने पोस्टहरू नै विज्ञापन हुन् । जुन फेसबुकलाई पैसा तिरेपछि मात्र त्यसरी देखिन्छन्। यहीनै फेसबुकको मुख्य आम्दानीको श्रोत हो ।

फेसबुकले सिधै दिनभरमा यति घण्टा फेसबुक चलाएको भनेर पैसा बाँड्दैन । यदी तपाईँ फेसबुकको अडियन्स नेटवर्कमा सहकभागी भई काम गर्नुहुन्छ भने सिधै फेसबुकलेनै यसका विज्ञापनदाताबाट आएको पैसाको केही प्रतिशत पैसा दिन्छ ।

कसरी सहभागि हुने फेसबुकको अडियन्स नेटवर्कमा ?
फेसबुको अडियनस नेटवर्कमा सहभागि हुन फेसबुक रिलेटेड प्रोडक्ट बनाउनुपर्छ जस्तै मोबाइल एप वा इन्स्टेन्ट आर्टिकल। मोबाईल एप्स बनाएर त्यसमा फेसबुकमा गरिएका विज्ञापन आफ्नो मोबाइल एपमा देखिने बनाएर पैसा कमाउन सकिन्छ यसको लागि मोबाइल एप्स बनाउने ज्ञान र बनाउने एप्समा नयाँ नौलो कुरा हुनुपर्छ ताकी सबैले उक्त एस्स डाउनलोड गरि हरेक दिन चलाउन् ।
यस्तै गरि इन्स्टेन्ट आर्टिकल मार्फत पनि फेसबुकबाट पैसा कमाउन सकिन्छ। इन्स्टेन्ट आर्टिकल भनेको समाचारका लिंकहरू फेसबुकमा छिटो खुल्ने बनाउनु हो ।

जस्तै फेसबुकको मोबाइल एप्सबाट कुनै समाचारका लिंक खोल्दा अन्य साइटहरु भन्दा छिटो खुल्छन् र फेसबुकमा जस्तै त्यहाँ पनि स्पोन्सर भनेर विज्ञापन आउँछन् । तपाईँसँग कुनै विषयमा लेखन सम्बन्धी ज्ञान छ वा समाचार लेखेर पनि इन्स्टेन्ट आर्टिकल बनाउन सक्नुहुन्छ । यो सजिलो पनि छ । यसको लागि एउटा व्लग वा वेबसाइट र फेसबुक पेज बनाउनुपर्छ ।

व्लगलाई इन्स्टेन्ट आर्टिकल कसरी बनाउने
https://instantarticles.fb.com मा गइ साइनअप गर्नुपर्छ । त्यसपछि आफूले बनाएको फेसबुक पेजलाई सेलेक्ट गरि एक्सेस इन्स्टेन्ट आर्टिकल टुलमा क्लिलिक गर्नुपर्छ ।
अब फेसबुकको पब्लिसिङ टुल खुल्ने छ त्यहाँबाट आफूले बनाएको व्लगलाई कनेक्ट गर्नुपर्छ । त्यहाँ कनेक्ट योर साइट भन्ने मा क्लिक गरेपछि कालो बाकस भित्र एङगल ब्राकेट भित्र कोड देखिन्छ त्यसलाई कपि गर्नुहोस् र व्लगरमा गई थेम मा क्लिक गर्नुहोस् ।

अनि इडिट एचटिएमएलमा किलिक गर्नुहोस् । त्यहाँ धेरै कोडहरु देखिन्छ अब फाइन्ड अप्सनको प्रयोग गरि  </head> लाई भेटाउनुहोस र त्यो भन्दा मथिल्लो लाइनमा अघि कपि गरेको कोड पेस्ट गरि सेभ थेममा क्लिक गर्नुहोस् ।

अब फेरि फेसबुकमा आएर युआरएलमा आफ्नो व्लगको एड्रेस लेखी क्लाइम युआरएलमा क्लिक गर्नुहोस् । त्यो भन्दा थोरै मुनितिर स्टाइल भन्ने अप्सन हुन्छ त्यहाँ गए आफ्नो ब्लगको लोगो अपलोड गर्नुपर्छ । त्यसपछि आफ्नो व्लग वा वेबसाइटको फिड युआरएल राखि १० वटा भन्दा बढी समाचार वा लेखहरु पोस्ट गरिसकेपछि फेसबुकलाई भेरीफिकेसन गर्न पठाउन सकिन्छ ।

फेसबुकबाट आफ्नो इन्स्टेन्ट आर्टिकल Approved  भएर आएपछि आफूले पैसा कसरी प्राप्त गर्ने हो त्यो विवरण पेआउट अप्सनमा खाख्नुपर्छ । नेपालमा भएको बैंक खातामा पनि पैसा रिसिभ गर्न सकिन्छ । पेआउट अकाउन्ट बनाउँदा तपाँइको  विवरण भने सहि भर्नुपर्ने हुन्छ ।

आफ्नो इन्स्टेन्ट आर्टिकलमा विज्ञापन देखिने बनाउन एडप्लेसमेन्ट बनाउनु पर्छ उक्त कोड आफ्नो वेबसाइटमा राखेपछि इम्प्रेसन र क्लिकको आधारमा आफ्नो खातामा पैसा जम्मा हुँदै जान्छ ।
१०० अमेरीकी डलर पुगेपछि फेसबुकले उक्त पैसा तपाईँको बैंक खातामा स्विफ्ट सिस्टमबाट जम्मा गरिदिन्छ ।  

प्रतिक्रिया दिनुहोस