पर्सा । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभा यात्राको क्रममा दुई समुदायबीचको विवादले गत शनिवारदेखी उत्पन्न तनाव क्रमशः मत्थर हुँदै गएको छ ।
वीरगञ्जमा सामाजिक र सम्प्रदायिक सद्भाव कायम गर्न स्थानीय प्रशासन, राजनीतिक दल तथा समाजका हरेक क्षेत्रको प्रयाससँगै स्थानीय जनताको सहयोग एवं सुझबुझका कारण नगरको अवस्था सामान्य भएको हो ।
बुधवारको सर्वदलीय बैठक, मुलुकका उच्च पदस्थ एवं प्रतिष्ठित व्यक्ति वीरगञ्ज महानगरका ३२ वटै वडाका अध्यक्ष, धार्मिक संघसंस्था, वीरगञ्ज उद्योग वाणिज्य संघलगायत नागरिक समाज र अन्य क्षेत्र वीरगञ्जमा सामाजिक सद्भाव कायम गर्न अनुरोध भएको थियो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै क्षेत्रको साथ, सहयोग र सद्भावनाका कारण नगरको अवस्था सामान्य हुँदै गएको बताउँदै शान्ति सुव्यवस्था कायम गर्न सक्रिय भूमिका निर्वाह गरेका सबैमा हार्दिक कृतज्ञता ज्ञापन गरेका छन् ।
वीरगञ्जलाई गत चैत ३० अघिकै अवस्थामा ल्याउने प्रयास जारी भएको बताउँदै उनले गत सोमबारदेखि जुलुस, प्रदर्शनलगायत गतिविधिमाथि लगाइएको प्रतिबन्ध शीघ्र हटाइने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ११ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अत्याधिक चिसो र शितलहरका कारण मधेसको जनजीवन प्रभावित
चिसोले सर्लाहीको जनजीवन कष्टकर
शीतलहरका कारण तराई–मधेसको जनजीवन प्रभावित