काठमाडौँ । राष्ट्रिय जनमोर्चाले शिक्षकहरूसँग यसअघि नै भएको सहमति बमोजिम शिक्षा ऐन निर्माण नगर्नु सरकारको गैरजिम्मेवारपन भएको उल्लेख गरेको छ । शिक्षकहरूको माग न्यायपूर्ण रहेका भन्दै सो पार्टीले सरकारले पहिले शिक्षकहरूसित गरेको सम्झौताअनुसार शीघ्र शिक्षा ऐन बनाउनुपर्नेमा जोड दिएको छ ।
आन्दोलनको कारण देशभरि नै विद्यार्थीहरूको भर्ना, पठनपाठन, कतिपय परीक्षा वा पहिले परीक्षा भएका कापीहरूको जाँच गर्ने काममा समेत बाधा पुगेको भन्दै पार्टीले यसको कारक सरकार नै भएको जिकिर गरेको छ ।
पहिले त त्यसले शिक्षकहरूसित भएका सम्झौता अनुसार शिक्षा ऐनको निर्माण गरेन । अब शिक्षकहरू सङ्घर्षमा उत्रेपछि उनीहरूका मागहरूप्रति पनि सरकार गम्भीर भएको छैन । त्यसबाट शिक्षकहरूलाई ठुलो कष्ट पुग्नुका साथै सम्पूर्ण शिक्षाप्रणाली नै ध्वस्त हुने सम्भावना पैदा भएको छ, विज्ञप्तिमा उल्लेख छ ।
राष्ट्रियजनमोर्चाले देशका सम्पूर्ण जनतासित शिक्षकहरूका मागहरू पूरा गराउन सरकारमाथि जनदवावको सिर्जना गर्न अपिल समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमोर्चाले छोट्यायो आन्दोलनको कार्यक्रम, कारण यस्तो
जनमोर्चाले सङ्घीयताविरुद्ध आन्दोलन गर्ने
विपद् पूर्वतयारीमा सरकारको चरम लापरवाही देखियो: जनमोर्चा