स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक : गभर्नर अधिकारी

सफल खबर संवाददाता

सोमबार, ०४ चैत्र २०८१, १३ : २८
स्कुलको पाठ्यक्रममै वित्तीय शिक्षा समेट्न आवश्यक : गभर्नर अधिकारी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालय तहदेखि नै वित्तीय शिक्षा आवश्यक रहेको बताएका छन् । ‘ग्लोबल मनी विक’को पहिलो दिन सोमबार आयोजित औपचारिक कार्यक्रममा उनले विद्यालय तहमा वित्तीय शिक्षा राख्नेबारे पाठ्यक्रम विकास केन्द्रसँग अन्तरक्रिया गरिएको समेत बताएका हुन् ।

राष्ट्र बैंकले वित्तीय साक्षरतालाई पनि प्रमुख एजेन्डाका रूपमा लिएको बताएका छन् । बाल्यकालदेखि नै बचतको बानी विकास गर्नुपर्ने र यससम्बन्धी शिक्षा विद्यालय तहमा जरुरत रहेको उनले बताए ।

पछिल्लो समय डिजिटल कारोबार बढिरहेको छ । विकसित डिजिटल ट्रान्सफर्मेसनमा राष्ट्र बैंक सन्तुष्ट रहेको उनले बताए । यद्यपि डिजिटल कारोबारका क्रममा नागरिक सचेत हुनुपर्नेमा उनले जोड दिए । डिजिटल कारोबारका क्रममा सचेत नहुँदा ठगीमा पर्न सक्ने जोखिम रहेको अधिकारीले बताए ।

 

प्रतिक्रिया दिनुहोस