काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ खिच्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनका लागि यति परिमाण बराबर खिच्न लागेको हो ।
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ । तर , सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । त्यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ ।
यसका लागि आज आइतबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी २४ चैतमा गरिने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ चैत्र २०८१, १३ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले २५ अर्ब तरलता खिच्दै
मौद्रिक नीतिको समीक्षा गर्न राष्ट्र बैंकले बोलायो बैठक
राष्ट्र बैंकले ३० अर्ब तरलता खिच्दै
राष्ट्र बैंकले आज पनि बजारबाट ४० अर्ब झिक्दै
राष्ट्र बैंकले बजारबाट ३० अर्ब झिक्दै
राष्ट्र बैंकले ३५ अर्ब तरलता खिच्दै