काठमाडौँ । नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै २६०० भन्दा बढी जनशक्ति माग गरेको हो।
स्वीकृत दरबन्दीभित्र रहेका सैन्य पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नेगरी आवेदन आह्वान गरिएको भन्दै सेनाले तोकिएको भर्ना केन्द्रमा फाराम बुझाउन अनुरोध गरेको छ ।
इच्छुक उम्मेदवारले वैशाख २७ भित्र आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर थप ७ दिनभित्र पनि आवेदन दिन सक्नेछन् ।
योग्यताका हकमा कक्षा ८ पास गरेकाले पनि आवेदन दिन सक्नेछन् । यस्तै उचाइ न्यूनतम ५ फिट ३ इन्च पुरुषको हकमा हुनुपर्नेछ भने महिलाको हकमा ५ फिट हुनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ चैत्र २०८१, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अराजकताले सीमा नाघ्यो, देशको सार्वभौमसत्ता र स्वतन्त्र खतरामा छ : बंगलादेश सेना
शक्ति राष्ट्रहरूको बदलिँदो नीतिले पार्ने प्रभावलाई नियालिरहेका छौं : सेना
शीतलहर पीडितलाई सेनाको सहयोग
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
हुथी नियन्त्रित १५ वटा अखडामा अमेरिकी सेनाको आक्रमण