काठमाडौ । वायु प्रदूषण मापनमा आज पनि काठमाडौँ उपत्यका विश्वकै दोस्रो स्थानमा छ।
सोमबार बिहान पौने ६ बजे ‘एयर क्वालिटी इन्डेक्स’को मापनअनुसार काठमाडौँ उपत्यकाका वायु प्रदूषणमा विश्वकै दोस्रो स्थानमा देखिएको हो।
यतिबेला वायु प्रदूषणको दृष्टिले भारतको राजधानी दिल्ली विश्वमै पहिलो स्थानमा छ भने पाकिस्थानको लाहोर तेस्रो स्थानमा छ।
इन्डेक्सका अनुसार अहिले काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क एक्यूआई २१३ छ। प्रदूषणमा पहिलो स्थानमा रहेको दिल्लीको एक्यूआई अहिले २६० छ।त्यसैगरि वायु प्रदूषणको दृष्टिले तेस्रो स्थानमा रहेको लाहोरको एक्यूआई २०६ छ।
चिकित्कसहरुले विगत केही दिनयता काठमाडौँको वायु मानव स्वास्थ्यको लागि हानिकारक तहमा पुगेको बताउँदै आएका छन्।
विगत लामो समयदेखि पानी नपर्दा काठमाडौँको आकाशमा थुप्रिएको धुलो र उपत्यका आसपासका जंगलमा लागेको डढेलोको धुँवाको कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्र उच्च भएको विज्ञहरुले बताएका छन्।
स्वास्थ्य मन्त्रालयले नेपालको वायु विश्वकै अत्यधिक अस्वस्थकर सूचीमा रहेको भन्दै सजगता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
चिकित्सकहरुले यस्तो अवस्थामा साँझ र बिहानको समयमा सकेसम्म घर बाहिर ननिस्कन सुझाव दिएका छन्।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार मानव स्वास्थ्यको लागि एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। तर ५० सम्मको एक्यूआईलाई सामान्य नै मानिन्छ। त्यसभन्दा माथिको गुणस्तर एक्यूआई मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ चैत्र २०८१, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौंको वायु प्रदूषण आज पनि विश्वकै उच्च
काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थकर, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
काठमाडौंको वायु प्रदूषण विश्वको पहिलो नम्बरमा
लाहोर र दिल्लीमा वायु प्रदूषणको अवस्था गम्भीर
पटकाले काठमाडौँमा बढ्यो वायु प्रदूषण
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर