रफाह। इजरायली सेनाले दक्षिणी गाजामा १५ प्यालेस्टिनी डाक्टरहरूको हत्या गरेको आरोप संयुक्त राष्ट्रसंघ (यूएन)ले लगाएको छ ।सबै डाक्टरहरूलाई मारेर सामूहिक चिहानमा गाडिएको दाबी यूएनको छ । उनीहरूको शवलाई क्षतिग्रस्त एम्बुलेन्सहरू भेटिएको ठाउँमा गाडिएको बताइएको छ ।
इजरायली सेनाको बुलडोजरले डाक्टर र एम्बुलेन्सको शव कुल्चेको पनि भनिएको छ । १८ महिनाअघि गाजामा युद्ध सुरु भएदेखि इजरायलले १०० भन्दा बढी नागरिक रक्षाकर्मी र १,००० भन्दा बढी स्वास्थ्यकर्मीको हत्या गरेको यूएनले बताएको छ ।
कामदार र उनीहरूका सवारी साधनहरूमा स्पष्ट रूपमा चिकित्सा चिन्हहरू भएको प्यालेस्टिनी रेड क्रिसेन्टले आरोप लगाएको छ । यसको बाबजुद इजरायली सैनिकहरूले उनलाई निर्ममतापूर्वक मारेको भनिएको छ ।
यसैबीच, इजरायली सेनाले अज्ञात शंकास्पद सवारी साधनहरूमा गोली चलाएको बताएको छ । मृत्यु हुनेमा आठ जना रेड क्रिसेन्ट कामदार, गाजाको नागरिक सुरक्षा आपत्कालीन एकाइका छ जना सदस्य र प्यालेस्टिनीहरूका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीका एक कर्मचारी रहेका छन् ।
अन्तरराष्ट्रिय रेडक्रसररेड क्रिसेन्टले यसलाई आठ वर्षमा आफ्ना कर्मचारीहरूमाथि भएको सबैभन्दा घातक आक्रमण भएको बताएको छ । इजरायली सेनाले मार्च २३ मा रफाहको तेल अल–सुल्तान जिल्लामा आक्रमण सुरु गरेको थियो । आक्रमणमा परी घाइते भएकाहरूलाई बाहिर निकाल्न आपत्कालीन टोलीहरू दिउँसो आइपुगेलगत्तै उनीहरू बेपत्ता भए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ चैत्र २०८१, ११ : ३७
लेखकबाट थप