संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

सफल खबर संवाददाता

सोमबार, १८ चैत्र २०८१, १५ : ४२
संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधि सभाले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आज सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद्(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका थिए ।

सो विधेयक पारित भएसँगै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि मार्ग प्रशस्त भएको छ ।  प्रतिनिधि सभाको अर्को बैठक आजै ३० मिनेटपछि बस्ने गरी स्थगित भएको छ । 

 

 
 

प्रतिक्रिया दिनुहोस