निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे

सफल खबर संवाददाता

शुक्रबार, १५ चैत्र २०८१, १४ : २८
निजी क्षेत्र सक्रिय भए मात्रै पर्यटन क्षेत्रको विकास सम्भव छ : मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले निजी क्षेत्र सक्रिय नहुुँदासम्म पर्यटन क्षेत्रको विकास नहुने बताएका छन् ।

शुक्रबार सरोकारवालाहरुसँग आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका विषयमा सुझाव संकलन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । उनले पर्यटन क्षेत्रको विकास गर्ने भनेकै नीजि क्षेत्रले भएको दाबी गरे ।

उनले भने- ‘पर्यटन क्षेत्रको विकास निजी क्षेत्रले गर्ने हो । नीजि क्षेत्रले नै गन्तव्य पहिल्याइदिनुपर्छ । नीजि क्षेत्र प्रति राज्यले उद्धार भावका साथ सहयोग गर्छ ।’ मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि लगानीमैत्री बातावरण आवश्यक रहेको बताउँदै स्वदेशी तथा विदेशी लगानी कर्ताहरु भित्रने भएकाले राज्यले ठूलो लाभ लिने बताए ।

मन्त्री पाण्डेले यस पटकको बजेट अंकमा नभइ नीतिमा बनाउने जानकारी दिए । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्रलाई विशेक्ष क्षेत्रमा राख्नु पर्ने, हवाई भ्याट घटाउनु पर्ने,विदेशीहरुको भिसा लम्बाउने सहजीकरण गर्नु पर्ने,नेपालको एयरलायन्सको संख्या बढाउन मन्त्रालयलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस