अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०८१, १५ : ४५
अपाङ्गमैत्री पुल निर्माण र सडक बत्ती जडान महानगरको प्राथमिकता : मेयर महर्जन

ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले विकास निर्माणको हिसाबमा ललितपुर महानगरपालिका पुलमय भएको बताएका छन् ।

बिहीबार ललितपुर महानगरपालिका वडा नम्बर १४, २६ र २५ जोड्ने नख्खु खोलामा निर्मित पुल उद्घाटन गर्दै महर्जनले महानगरपालिकाले नगरवासीको सुविधालाई ध्यानमा राखेर आवश्यक स्थानमा पुल निर्माण गरिरहेको बताए ।

उनले चक्रपथको कुसुन्ती क्षेत्रमा सडक पार गर्ने क्रममा ट्राफिक दुर्घटना परेर १६ जनाले ज्यान गुमाएको बताए । महानगरपालिका चक्रपथ क्षेत्रमा पुल र बत्तीको समस्याका कारण धेरै दुर्घटना हुने गरेको भन्दै उनले पुल निर्माण र सडक बत्ती जडान गरेर नगरवासीलाई सहजता प्रदान गर्न आफू लागि परेको बताए । अपाङ्गतामैत्री पुल निर्माण आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

उनले भने, ‘प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठ ललितपुर महानगरपालिकामा आइसकेपछि हाम्रो यहाँको विकास पुलमय भएको छ । अहिले तीन वटा पुल त उद्घाटन नै गरिसक्यौँ । अर्को पुलको शिलान्यास चाहिँ उहाँ आउनुभन्दा अगाडि नै भएको हो ।

तर अब निकट भविष्यमै त्यो पुलेका  पनि उद्घाटन हुन गइरहेको छ । कुसुन्तीमा अपाङ्गमैत्री पुल बनाइरहेका छौँ । त्यसमा चक्रपथ क्रस गर्न पुल बनाएको हौँ ।

मेयर महर्जनले रात्रिकालीन अवस्थामा हवाई जहाजबाट काठमाडौँ उपत्यका छिर्ने बित्तिकै जुन सहर उज्यालो देखिन्छ त्यो ललितपुर महानगरपालिका हुने गरी बत्ती राख्ने काम सुरु भएको बताए । उनले भने, ‘अर्को चाहिँ त्यहाँ बत्ती छैन, तर हामीले बत्ती राख्नका लागि सबै काम भइसकेको छ ।

ठेकेदार पनि मोबिलाइज भइसक्या छ र आउँदो दसैँसम्म बत्ती राख्छौँ भनेको छ ।’

प्रतिक्रिया दिनुहोस