तिलोत्तमा गोल्डकपमा फाइनल प्रवेशका लागि एपीएफ र संकटा खेल्दै

सफल खबर संवाददाता

बुधबार, १३ चैत्र २०८१, ०९ : ५३
तिलोत्तमा गोल्डकपमा फाइनल प्रवेशका लागि एपीएफ र संकटा खेल्दै

बुटवल । बुटवलमा  जारी २३ औ तिलोत्तमा गोल्डकप प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच खेल हुँदैछ ।

एपीएफले आयोजक रुपन्देही-११ लाई र संकटाले जर्जियन एफसी कालिम्पोङ भारतलाई पराजित गर्दै से्मिफाइनलमा पुगेका हुन् ।

देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको खेलमैदानमा  दिउँसो ३ बजेपछि खेल सुरु हुने आयोजक जिल्ला फुटबल संघ रुपन्देहीका महासचिव हिमाल गौचनले जानकारी दिए ।

यी दुई बीचको विजेताले मच्छिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेडबीच हुने अन्तिम सेमिफाइनलको विजेतासँग उपाधिका लागि फाइनल खेल्ने छ ।

चैत १६ गतेसम्म चल्ने प्रतियोगिताको उपाधि विजेता टिमले नगद १२ लाख १२ हजार २ सय २२ रुपैयाँ, उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिड फिल्डर, फरवार्ड र कोचलाई नगद ३१ हजार रुपैयाँका दरले  तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल पुरस्कार दिइने संघका अध्यष लोक पुनले बताए ।

प्रतिक्रिया दिनुहोस