कुमारी बैंकका ग्राहक गोकुल थापा बने भिसा अभियानको विजेता

सफल खबर संवाददाता

मंगलबार, १२ चैत्र २०८१, ११ : ४६
कुमारी बैंकका ग्राहक गोकुल थापा बने भिसा अभियानको विजेता

काठमाडौ। भिसाले सञ्चालन गरेको ‘दशैं क्याम्पेन २०२४’ अन्तर्गत कुमारी बैंकका ग्राहक गोकुल थापा विजेता बनेका छन् ।​ त्यसैगरी कुमारी बैंककै कार्ड प्रयोगकर्ता क्षितिज भट्टराई पनि विजेता बनेका छन् ।

भिसा कार्डमार्फत डिजिटल भुक्तानीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको अभियानमा नेपालमा अवस्थित भिसा मेम्बर बैंकहरूबाट टप २५ जना भिसा कार्ड प्रयोगको आधारमा विजेता छानिएको थियो ।​विजेताहरू मध्येबाट २ जनाले विदेश भ्रमणको दुई तर्फी हवाई टिकट प्राप्त गर्नेछन् ।

 

 

 

 

 

 

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारीले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्दै आएको छ । बैंकले देशभर रहेका ३०२ शाखा, ३१६ एटीएम, ५० एक्स्टेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाईमार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ । 

 

 

 

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकको छ ।

प्रतिक्रिया दिनुहोस