काठमाडौं। एनआईएमबी द्वारा “Visa Spend & Win Dashain Campaign” का भाग्यशाली विजेताहरूको घोषणा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले Visa Spend & Win Dashain Campaign' अन्तर्गतका भाग्यशाली विजेताहरू घोषणा गरेको छ।
यो विशेष कार्यक्रम चाडपर्वको अवसरमा सेप्टेम्बर १७, २०२४ देखि अक्टोबर ३१, २०२४ सम्म भिसा कार्ड प्रयोग गरी कारोबार गर्ने ग्राहकहरूलाई पुरस्कृत गर्ने उद्देश्यले सञ्चालन गरिएको थियो।उक्त अभियान अन्तर्गत नेपालभरका २५ विजेताहरू मध्ये ६ जना एनआईएमबीका ग्राहकहरू विजयी भएका छन् ।
जसले यस बैंकलाई राष्ट्रव्यापी प्रवर्द्धनात्मक अभियानमा एक प्रमुख स्थान दिलाएको छ। कुल विजेताहरूको २४ प्रतिशत एनआईएमबीका ग्राहकहरू रहेको तथ्यले नेपालमा डिजिटल कारोबार प्रवर्द्धनमा बैंकको योगदानलाई स्पष्ट पारेको बैंकले जनाएको छ ।
एनआईएमबीका भाग्यशाली विजेताहरू मनोजमोहन प्रधान, निशेष ढुंगाना, विना चलिसे, टीकाराम शर्मा, सरोजप्रसाद प्रधान र मीना कार्की छन् ।
चाडपर्वको अवसरमा भिसाले नेपालमा भिसा डेबिट, प्रिपेड तथा क्रेडिट कार्डहरूको प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको कार्यक्रम हो।
यस अभियानअन्तर्गत दुई जना विजेतालाई अन्तर्राष्ट्रिय गन्तव्यको विशेष राउण्ड ट्रिप हवाई टिकट प्रदान गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ चैत्र २०८१, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका अध्यक्ष पाँडेद्वारा शपथ ग्रहण