काठमाडौं । माओवादी ‘एक्लै चुनाव लड्न सक्दैन’ भन्ने कांग्रेस–एमालको प्रचार र उनीहरुले स्थापित गर्न खोजेको मनोविज्ञानलाई माओवादीले क्रमभंग गरेको छ । स्थानिय तह चुनाव, पत्रकार महासंघको चुनाव देखि स्वतन्त्र विधार्थी युनियन (स्ववियु) चुनाव सम्मको परिणामले एमाले कांग्रेसको त्यस्तो प्रचारलाई माओवादीले चुनौति दिईरहेको छ ।
बरु यी पछिल्ला चुनावी परिणामले कांग्रेस एमालेलाई खुम्चाउँदै लगेको छ भने माओवादीको नतिजामा उल्लेखनिय सुधार देखिएको छ । माओवादीमा चुनावी परिणाम उत्साहजनक देखिएको छ ।
कांग्रेस एमालेले गठबन्धन गरेर चुनाव लड्दा पनि बरु उल्टै माओवादीले एक्लै चुनाव लडेर सत्ता गठबन्धनलाई रणनीतिक महत्वका पदहरुमा चुनावजितेर देखाईरहेको छ । पछिल्लो स्वयिु चुनावले त झन् माओवादी उत्साहित भएको छ । यसले माओवादीमा विस्तारै २०६४ को जस्तै जनलहर शुरु भएको छ । जनतामा कांग्रेस एमाले भन्दा माओवादी नै ठिक रहेछ भन्ने सन्देश स्थापित हुन थालेको परिणामहरुले देखाईरहेको छ ।
स्ववियु चुनावपछि माओवादी अध्यक्ष प्रचण्डले पार्टीले चलाईरहेको भष्टाचार र वेथितीविरुद्दको अभियानमा जनमत देखिन थालेको बताएका छन् । उनले स्ववियु चुनावले पार्टी निकट विद्यार्थी संगठनमा देखिएको लहर उत्साहपद रहेको बताएका छन् ।
देशभर कांग्रेस एमालेका विद्यार्थी संगठनलाई खुम्चाउँदै माओवादी विद्यार्थी संगठन अखिल क्रान्तिकारीले देशभर उत्साहजनक नतिजा ल्याउँदै अब्बल भन्ने विद्यार्थी संगठनकै हाराहारीमा जित निकालिरहेका बेला प्रचण्डले सामाजिक सन्जालमार्फत क्रान्तिकारीका विद्यार्थीहरुलाई बधाई समेत दिएका छन् ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल ९क्रान्तिकारी० को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक यूवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ।’ प्रचण्डले भनेका छन्, ‘विजयी सबै विधार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’
यो समाचार तयार पार्दासम्म २९३ क्याम्पसको अन्तिम नतिजा सार्वजनिक हुँदा नेविसंघले ११३, अनेरास्ववियुले ९१ र क्रान्तिकारीले ८१ क्याम्पसमा नेतृत्व जितेका छन्, जबकि ०७९ मा ३५५ क्याम्पसमा निर्वाचन हुँदा अनेरास्ववियुले १३३, नेविसंघले ८९ र क्रान्तिकारीले ६५ ठाउँमा जितेका थिए ।
यो चुनावी परिणामले एमालेलाई भने ठूलै धक्का लागेको छ । देशभर पहिलो बनेको एमाले विधार्थी संगठन खुम्चिएको छ ।
सधैजसो एमाले कांग्रेसका विधार्थी संगठनले कब्जा जमाउादै आएका क्याम्पसहरुमा समेत यसपटकको चुनावमा माओवादीको विधार्थी संगठनले रोमाञ्चक जित निकाल्न सफल भएको छ । पाल्पा, विराटनगर, महेन्द्य्र मोरङ, काठमाडौंको जनप्रशासन, भोजपुरका क्याम्पसमा अखिल क्रान्तिकारीले चुनाव जितेको छ ।
स्थानिय तहको उपचुनाव, पत्रकार महासंघको चुनाव देखि स्ववियु चुनाव सम्मको परिणामले सरकारको नेतृत्वकर्ता एमालेलाई ठूलो झड्का दिएको छ । यी सवै चुनावमा कांग्रेसले पनि उल्लेख्य क्षति व्यहोरेको छ भने माओवादी पार्टी र नेतृत्वको लोकप्रियता बढेको देखिएको छ ।
नेका–एमाले गठबन्धनप्रति जनताको असन्तोष प्रकट भएको छ भने नेकपा (माओवादी केन्द्र)लाई वैकल्पिक शक्तिका रुपमा स्वीकारेको देखिएको माओवादी नेताहरुले संश्लेषण गरेका छन् ।
‘हाम्रो पार्टीले ।।।एक्लै चुनाव लड्न सक्दैन’ भन्ने नेका–एमालको प्रचार र यसले स्थापित गर्न खोजेको मनोविज्ञानमा पनि क्रमभंग भएको छ । मतदाताले अब राजनीतिक परिदृश्य यथावत रहेमा माओवादी एक्लै चुनाव लड्नुपर्छ भन्ने जनादेश दिएका छन्,’ माओवादी पदाधिकारीहरु भन्छन्, ‘हाम्रो पार्टीले आफ्नो स्वतन्त्र राजनीतिक धार र एजेण्डामा चुनाव लड्नुपर्छ र आफ्नै शक्तिमा भर पर्नुपर्छ भन्ने सन्देश पाएको छ ।
नेका–एमालेप्रति जनतामा घट्दो विश्वास र माओवादीप्रति आकर्षण र विश्वास बढ्दो छ । विगतको निर्वाचनमा देखिएको जनमतको लगातार घट्दो क्रम रोकिएर क्रमशः उकालो ग्राफ माओवादीको देखिएको छ । स्थानिय तह चुनाव, पत्रकार महासंघको चुनाव हुँदै स्ववियु चुनावसम्मले त्यो परिणाम देखाएको छ । अब बार एसोसियसनको चुनावले पनि थप परिणाम देखाउनेछ ।’
अन्य पार्टीभन्दा फरक एजेण्डा र शैलीमा जनताको सेवामा केन्द्रित हुनु पर्दछ भन्ने सन्देश दिएको पनि माओवादीले बताएको छ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारीको जितपछि माओवादी कोशी इन्चार्ज हरिबोल गजुरेलले असाधारण विजय प्राप्त भएको टिप्प्णी गरेका छन् ।
’स्थानिय उपनिर्वाचनमा १नं प्रदेशमा ग्रामस्थान गा।पा अध्यक्षसहित तीन स्थानमा हासिल गरेको असाधारण विजयलाई पुष्टि गर्न महेन्द्र मोरङ बहुमूखि क्याम्पससहित न्यूनतम १० क्याम्पसमा जित्नै पर्ने चूनौति थियो ।’ गजुरेलले भनेका छन्, ‘ असाधारण क्षमता प्रदर्शन गरेर अखिल क्रान्तिकारीले असाधारण विजय हासिल गर्न सफल भएकोमा धन्यवाद ।’
त्यसो त माओवादीले अहिले हुलाकीमार्ग केन्द्रीत गरेर जनतासँग माओवादी तराई मधेस अभियान पनि सञ्चालन गरिरहेको छ । पार्टी अध्यक्ष प्रचण्डसहितका शीर्ष पदाधिकारी नै सम्मिलित अभियानले माओवादीमा थप उत्साह पैदा भएको छ । अभियानका क्रममा जनताले माओवादीप्रति देखाएको समर्थनले पनि माओवादी वैकल्पिक शक्तिका रुपमा फेरि एकपटक उदाउँदो पार्टीका रुपमा देखा परेको छ ।
माओवादी उपाध्यक्ष पम्फा भुषाल भन्छिन्, ‘ जनताबाट माओवादी पार्टीप्रति असाध्यै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । जनताको हामीप्रतिको आकर्षण, भरोसा र विश्वास बढेको देखिन्छ । हामी जनताकैमा बस्छौं । जनताकैमा खान्छौं । उहाँहरु जहाँ बस्नुहुन्छ, जस्तोमा सुत्नुहुन्छ हामीले त्यसै गरेका छौं । यसरी जनतासँगको एकाकारले हामीलाई बदलेको छ । हामी फेरि २०६४ कै जस्तो जनलहर पार्टीमा भित्राउँदै छौं
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अखिल क्रान्तिकारीका पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ : प्रचण्ड
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
सरकारको विषयमा मिलनविन्दु देखेका छैनौं : प्रचण्ड
सरकारको विषयमा मिलनबिन्दु हामीले देखेका छैनौँ : प्रचण्ड
होली पर्वले संस्कृति र आत्मस्वाभिमानको सम्मान गर्न अभिप्रेरित गर्छ : प्रचण्ड
प्रचण्ड आज रुपन्देहीमा, चार कार्यक्रममा सहभागी हुने