काठमाडौं । उर्जामन्त्री दिपक खड्का र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको रस्साकस्सी अझै रोकिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनका आधारमा विद्युत प्राधिकरणका सफल कार्यकारी निर्देशक कुलमानविरुद्ध उर्जामन्त्री खड्का भिडेको भिड्यै छन् ।
तर उनको भिडाँई ७ महिना लाग्दा समेत हात लाग्यो सून्य भनेझै भएको छ । कुलमान हटाउन ओलीले विछ्याएको चक्रब्यूहमा बरु उर्जामन्त्री आफै फसकेका छन्, तर कुलमानलाई उनले झन जनताका बीचमा हिरो बनाउँदै लैजाने काम गरेका छन् ।
कार्यसमयका हिसावमा पनि अब धेरै समय पदमा नरहने घिसिङका विरुद्द उर्जामन्त्री हात धोएरै लागेका छन् । तर घिसिङ पनि कम छैनन, उनी आफु पनि मन्त्रालयसँग जुधेरै चुनौति फेस गरिरहेका छन् ।
प्रत्यक्ष देखिँदा उर्जामन्त्री र घिसिङबीचको द्दन्द्दजस्तो देखिएपनि विवादको एउटा रथमा ओली नेतृत्वको सिंगो सरकार र अर्को रथमा एक्लो कुलमान देखिएका छन् । कुलमानको भिडाँईलाई प्रमुख प्रतिपक्षी माओवादी देखि राप्रपा, रास्वपका नेताहरुले पनि साथ भने दिएका छन् ।
उद्योग ब्यवसायीले तिर्नुपर्ने विधुत महसुलको पैसो उठाउन खोज्दा देखि ओलीले कुलमानलाई रोक्न खोजेका थिए । तर उनले पैसा नतिर्ने उधोगी ब्यवसायीलाई आम सर्वसाधारणले झै बरु विधुत कटौती गर्ने तर पैसा नउठाई नछोडने नीति बनाएपछि ब्यापारीको दवावमा सरकार फसकेको छ । प्रमुख प्रतिपक्षी माओवादीले अहिलेको सरकारलाई लगाएको आरोप झै सरकार यो प्रकरणमा विचौलियाको फन्दामा फसेको छ । त्यसैको परिणति अहिले कुलमान र उर्जामन्त्रीबीचको दोहारी देखा परेको छ ।
बुधबार मात्रै पनि उर्जामन्त्री र विधुत प्राधिकरणका कार्यकारी निर्देशकका बीचमा जुहारी चलेको छ । उर्जामन्त्री खड्काले राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै साँझमा अब लोडसेडिङ रोक्न नसक्ने बताएका थिए । लोडसेडिङ हटाएको विषयमा कहिले धन्यवाद भारतलाई र निजी क्षेत्रलाई दिऊँ कुलमानलाई होइन भन्ने गरेका उर्जामन्त्रीले बुधबार पनि त्यही कुरा दोहोराएका थिए । उनले अव लोडसेडिङ रोक्न नसक्ने बताएका थिए ।
’अहिले पनि ८३० मेगावाट विद्युत भारतबाट आयात भइरहेको छ। हामीसँग पुग नपुग १ हजार मेगावाट विद्युत छ। अब साँझको समय घरमै पनि लोडसेडिङ हुने अवस्था छ,ु मन्त्रीले संसदमा बोलेका थिए ।
लगत्तै कुलमानले पनि लोडसेडिङ नहुने बताएका हुन् । लोडसेडिङ अहिले पनि नभएको र अब पनि नहुने बताएर मन्त्रीको दावीको सिधै इक्कार गरिदिएका थिए ।
‘लोडसेडिङ भएको छैन, हुँदा पनि हुँदैन। हाम्रा सबै पावरप्लान्टहरु राति चल्छन् । भारतबाट दिउँसो बिजुली आयात गर्न दिएकै छ, दिउँसो आउँछ। त्यसकारण लोडसेडिङ हुँदैन।’ कुलमानले भने ।
सरसर्ती हेर्दा मन्त्री विचौलिया र अन्य दवाव समुहको प्रभावमा परेको जस्तो र कुलमान भने जनताको हितमा दरिलो गरि उभिएको जस्तो देखिएको छ । हुन पनि यही दृश्य अहिले देखिरहेको छ । जसकाकारण कुलमान र मन्त्री खड्काबीचको रस्साकस्सी रोकिने भन्दा झन् झाँगिने क्रममा छ ।
कहिले बक्यौता उठाउने विषय, कहिले लोडसेडिङ कसले अन्त्य गरेको भन्ने विषय देखि फेरि अव लोडसेडिङ हुने र नहुने विषयमा मन्त्री र कुलमानका विचमा विवाद देखिएको छ । लोडसेडिङ हुने कुरा राम्रो मानिदैन । जिम्मेवारीमा रहेका कुलमान लोडसेडिङ नहुने भन्दै त्यसको कुशल ब्यवस्थापनमा जुटेको जुट्यै छन् । तर मन्त्री खड्का कुलमानलाई निर्वाध काम गर्न नदिन र जनतालाई निरुसाहित पार्न मात्रै उद्दत देखिएका छन् ।
मन्त्री खड्काको यस्तो अभिव्यक्तिले ऊर्जा क्षेत्रमा अनावश्यक त्रास सिर्जना गरेको र नेपाल विद्युत प्राधिकरणको स्थायित्वमा नकारात्मक असर पार्ने विश्लेषकहरू बताउँछन्।
मन्त्रीको गलत हस्तक्षेपले अस्थिरता बढ्दै ऊर्जा विज्ञहरू भन्छन्, मन्त्री खड्काले अनावश्यक रूपमा लोडसेडिङको डर देखाएर निजी क्षेत्रका केही समूहलाई फाइदा दिलाउने उद्देश्य राखेको हुन सक्छ।
एक ऊर्जा विश्लेषकका अनुसार, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई दबाबमा राखेर आफ्नो स्वार्थअनुसार नीति बनाउने प्रवृत्ति राम्रो होइन। यस्तो हस्तक्षेपले ऊर्जा क्षेत्रमै अस्थिरता ल्याउने सम्भावना छ।” यदि उर्जामन्त्री खड्काको गलत अभिव्यक्तिका कारण ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भयो भने त्यसले लगानीकर्तामा असहजता पैदा गर्न सक्छ।
मन्त्री खड्काले लोडसेडिङको हल्ला मच्चाएर अनावश्यक त्रास फैलाउने काम गर्नुको साटो नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर प्रणालीलाई अझ सबल बनाउनेतर्फ ध्यान दिनुपर्ने हो।
सरकारको पहिलो दायित्व भनेको देशको ऊर्जा सुरक्षालाई मजबुत बनाउनु हो। यस्तो अवस्थामा, प्राधिकरणलाई दबाब दिनुभन्दा स्वायत्त रूपमा काम गर्न दिनु नै सही निर्णय हुने विज्ञहरुले बताईरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, ०७ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुलमानको बचाउमा विपक्षी दलहरू उभिए एकठाउँ, सभामुखले गरे रुलिङ