काठमाडौँ । चर्चित हास्य टेलिसिरियल ‘सक्किगोनि’ को तेस्रो सिजन बन्द भएको छ । एजेन्सी एड लिभसँग १०४ भाग निर्माण सर्त भएको सिरियल समय अगाडि नै बन्द भएको हो ।
चौथो सिजन अझ परिष्कृत रूपमा ल्याउने गरेर यो सिजन टुङ्ग्याएको सिरियलका लेखक तथा निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ले बताए । तेस्रो सिजनबाट धेरै सिक्ने अवसर मिलेको र चौथो सिजनलाई अझ परिष्कृत बनाउने उनको धारणा छ ।
‘सक्किगोनि’ पछिल्लो समयको लोकप्रिय सिरियल हो । ग्रामीण परिवेशका कथाहरूलाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गर्दै आएको छ । जेपीटी क्रिएसनले निर्माण गरेको ‘सक्किगोनि’ बन्द भएपनि यही टिमको कथानक फिल्म ‘लाज शरणम्’ अहिले हलमा प्रदर्शनरत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, ११ : २९
लेखकबाट थप