सुर्खेत । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पहिलो दिन नै जाजरकोटको शिवालयमा रहेको एक विद्यालयबाट अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ ।
परीक्षा सुरु भएको एक घण्टा नहुँदै प्रश्न पत्र आउट भएको हो । प्रश्न पत्र सामाजिक सञ्जाल म्यासेन्जर र ह्वाटएप मार्फत ग्रुप बनाएर आउट गरिएको ग्रुपमा जोडिएका एक व्यक्तिले बताए ।
उनका अनुसार प्रश्न पत्र शिवालय–७ को वीरेन्द्र मावि जुँगाथापाचौर माविबाट बाहिरिएको हो । उक्त परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर खत्रीले प्रश्न पत्र बाहिरिएको कुरा गलत भएको बताए । तर ग्रुपमा आएको प्रश्न पत्रको फोटा स्रोतले प्रशासनलाई उपलब्ध गराएको छ ।
केन्द्राध्यक्ष खत्रीले परीक्षा केन्द्रमा आफुले निकै कडाइ गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ चैत्र २०८१, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानबाट २३ जना नेपाली विद्यार्थीले एसईई दिँदै