त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश

सफल खबर संवाददाता

बुधबार, ०६ चैत्र २०८१, १५ : २४
त्रिविमा नेविसंघका कार्कीको उम्मेदवारी तत्काललाई कायम राख्न अदालतको आदेश

काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा नेविसंघका अनोज कार्कीको उम्मेदवारी बिहीबारसम्म कायम राख्न अदालतले आदेश दिएको छ । ७ चैतमा पेसी तोकिएकाले त्यस अवधिसम्म उम्मेदवारी कायम राख्न निर्वाचन समितिलाई उच्च अदालत पाटनले आदेश दिएको छ ।

अदालतले ३ चैतमा निर्वाचन समितिले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।निर्वाचन समितिले त्यसदिन कार्कीको उम्मेदवारी खारेज गरेर संघका अर्का उम्मेदवार दीपकराज जोशीलाई मान्यता दिएको थियो ।

स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघको तर्फबाट अध्यक्षमा दुई जनाको उम्मेदवारी परेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेको थियो । २७ फागुनमा भएको कार्कीले संघको तर्फबाट उम्मेदवारी दर्ता गराएका थिए । संघका अध्यक्ष दुजाङ शेर्पाले पत्रका आधार सोही दिन आधिकारिक उम्मेदवारका रुपमा दीपकराज जोशीले उम्मेदवार दर्ता गराएका थिए ।

संघको तर्फबाट दुई उम्मेदवार बनेपछि निर्वाचन समितिले कार्कीको रद्द गरेर जोशीलाई आधिकारिक भएको निर्णय गरेको थियो । त्यसविरुद्ध कार्की उच्च अदालत पाटनमा मंगलबार रिट दायर गरेका थिए । अदालतले बुधबार कार्कीको उम्मेदवार कायम राख्न आदेश दिएको हो ।

त्रिविमा ८ चैतमा स्ववियु निर्वाचन हुने निर्वाचन समितिले कार्यतालिका बाहिर ल्याएको छ । निर्वाचन समितिले अपारदर्शी निर्णय गरेको जनाउँदै संघका असन्तुष्ट पक्षले तालाबन्दी गरेका थिए । बुधबार निर्वाचन समिति र असन्तुष्ट पक्षबीच सहमति बनेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस