दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०५ चैत्र २०८१, १५ : ४४
दिल्लीमा आरजुले भेटिन् युक्रेनी विदेशमन्त्री, युक्रेनबाट ७ नेपालीलाई रिहा गरिदिन आग्रह

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले युक्रेनको विदेशमन्त्री आन्द्रिई सिबिहासँग भेटवार्ता गरेकी छन् ।भारतको राजधानी नयाँ दिल्लीमा जारी राइसिना संवादमा सहभागिताका लागि आएका बेला सिबिहासँग परराष्ट्रमन्त्री देउवाले छुट्टै भेट गरेकी हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले उल्लेख गरेअनुसार, भेटका क्रममा उनले युक्रेनी सेनाद्वारा युद्धबन्दीका रुपमा कब्जा गरिएका ७ जना नेपालीलाई रिहाइ गर्न आग्रह गरेकी छन् ।

‘उनीहरुको रिहाइ र स्वदेश फिर्तीको प्रक्रियालाई सहज बनाउन अनुरोध गरेँ’, उनले भनेकी छन्, ‘हामीले नेपाल–युक्रेन सम्बन्ध सुदृढ गर्ने सम्भावनाहरुबारे पनि छलफल गरेको छु ।’

 

सोही अवसरमा नेपाल र युक्रेनबीच कुटनीति, अफिसियल र सेवा राहदानी वाहकहरुका लागि भिसा छुट सम्बन्धी सम्झौतामा पनि हस्ताक्षर भएको उनले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस