जाजरकोट । जाजरकोटमा आगलागीमा परेर एक बालकको मृत्यु भएको छ।
कुशे गाउँपालिका-८ ग्राक्ली निवासी जनक रोकायाको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा अम्मर रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गएराति १२ बजेको समयमा ६ कोठा भएको दुईतले कच्ची घरमा आलगाली भएको हो।
घरको माथिल्लो तलामा खाना बनाउन बालेको आगोबाट एक्कासी आगलागी हुँदा सोही कोठामा सुतिरहेका बालकको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
उक्त आगलागीबाट घर पूर्ण रुपमा जलेको छ। घरसँगै घरभित्र भित्र रहेको अन्नपात, भाडा बर्तन, लत्ताकपडा, ८ आनाको सुनको तिलहरी र नगद एक लाख पच्चिस हजार रुपैयाँसमेत जली नष्ट भएको छ।
आगो स्थानीय र प्रहरीको सहयोगमा बिहान ४ बजेको पूर्णरुपमा नियन्त्रणमा आएको छ। पशु चौपायको क्षती भने नभएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, ०८ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डोमिनिकन रिपब्लिकमा नाइटक्लबको छत खस्दा मृत्यु हुनेको संख्या २०० नाघ्यो
झापामा चट्याङ लागेर एक जनाको मृत्यु
हाइस गाडीले ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते
लेक लागेर विदेशी पर्यटकको मृत्यु
सगरमाथा आधार शिविरमा लेक लागेर श्रमिकको मृत्यु
डोटीमा जीपबाट खसेर सवारी धनीको मृत्यु