चलचित्र 'मुगलान' निर्माण हुने

सफल खबर संवाददाता

शनिबार, २४ फागुन २०८१, १२ : ३३
चलचित्र 'मुगलान' निर्माण हुने

काठमाडौँ । नेपाली फिल्म उद्योगमा ऐतिहासिक र सफल चलचित्रहरूको सूचीमा 'मुगलान' नाम एक महत्त्वपूर्ण माइलस्टोनको रूपमा दर्ज छ । यसअघि निर्माण भएको चलचित्र मुगलान अत्यन्त सफल रह्यो, जसले नेपाली समाजको कथा विश्वभर पुर्‍याउन सफल भयो। सोही नामबाट पुन चलचित्र बन्ने भएको छ । चलचित्रकाे शुक्रबार भैरव मन्दिर, ज्ञानेश्वरमा  शुभ-मुहूर्त गरियो ।

चलचित्रको लेखन, गीत तथा निर्देशन आशिष ढकालको रहनेछ। द्वन्द्व निर्देशन राम गुरु, छायांकन अजय रेग्मी र संगीत किरण भुषाल तथा हरि गिरी "विमर्शी" को रहनेछ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मुहूर्त शट निर्देशन  गरेको कार्यक्रममा क्ल्याप कलाकार सबिन बास्तोला र क्यामेरा अन नेपालको पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठले गरेकी थिइन् ।

चलचित्रमा प्रभात पाल ठकुरी, स्मारिका ढकाल, श्री शिवांशी, दिनेश डिसी, सबिन बास्तोला, रामचन्द्र अधिकारी, रश्मी भट्ट लगायतका कलाकारहरूको अभिनय रहनेछ।

नेपालका विभिन्न स्थानमा छायांकन गरिने चलचित्र गोमान सिंह निर्माता र रेहान प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। चलचित्र समसामयिक विषयमा निर्माण हुन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस