काठमाडौं । काठमाडौंको वसन्तपुर हनुमानढोकामा विधिवत रूपमा चीर ठड्याएसँगै फागु (होली) सुरु भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको विशेष साइत अनुसार आज बिहान ८ः ३३ बजे बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो।
हनुमानढोका दरबारको मूलद्वार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । योसँगै देशभर औपचारिक रूपमा फागु पर्व सुरु भएको छ । चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो । भगवान् कृष्णले गोपिनीहरू नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०८१, ११ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोप हुँदै रानाथारू समुदायले होलीमा लगाउने परम्परागत गहना
जनकपुरधाममा उल्लासका साथ मनाइयो होली
महोत्तरीका सात स्थानीय तहमा आज होली मनाइँदै
मधेसमा हर्षोल्लासका साथ आज होली मनाइँदै
तराई तथा मधेसमा आज होली मनाइँदै
वसन्तपुरमा होलीको उल्लास(तस्बिरहरू)