बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाबाट मुक्त बनौँ : पूर्वप्रधानमन्त्री खनाल

सफल खबर संवाददाता

सोमबार, ०१ बैशाख २०८२, १२ : २०
बहुदलीय जनवादका थोत्रा बनिसकेका अवधारणाबाट मुक्त बनौँ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षको सुरुआतसँगै देशका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरू, प्रगतिशील शक्तिहरू तथा देशभक्तहरूले नयाँ धरातलबाट सोच्नुपर्ने बताएका छन् । 

नयाँ वर्ष २०८२ को अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले भनेका, “नयाँ वर्षको अवसरमा सबै कम्युनिष्ट क्रान्तिकारीहरूले नयाँ धरातलबाट सोचौँ, विगतमा कहाँ गल्ती भयो सबैले समीक्षा गरौँ, वर्तमान संकटपूर्ण परिस्थितिको गम्भीरतालाई आत्मसात् गरौँ ।”

प्रतिक्रिया दिनुहोस