काठमाडौं । नेपाल विद्यार्थी संघभित्रको एउटा समूहले स्ववियु केन्द्रित छलफल गरेको छ । महामन्त्री गगन थापा निकट संघका केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् ।
भेलामा विद्यार्थीले आफ्नो क्याम्पसमा भइरहेको गतिविधि र तथा स्ववियु निर्वाचनमा नेविसंघलाई पहिलो बनाउने विषयमा छलफल भएको केन्द्रीय सदस्य पवन आचार्यले जानकारी गराए ।
स्ववियु निर्वाचनमा टिकट वितरणको आधार व्यक्तिको लोकप्रियता र इच्छुक उम्मेदवारले कार्ययोजना बनाउनुपर्ने विचार विद्यार्थी नेताहरूले राखेका थिए ।
प्रत्येक क्याम्पसमा सर्वेक्षण गरी लोकप्रियताको मापन, आफ्नो दुई वर्षे कार्यकालको कार्ययोजना आधारमा टिकट वितरण गर्नुपर्ने विचारहरू भेलामा आएको केन्द्रीय सदस्य मनोज पुरीले बताए ।
नेविसंघमा भइरहेको विवादले स्ववियु निर्वाचन प्रभावित चिन्ता व्यक्त गरिएको थियो । संघका अध्यक्ष दुजाङ शेर्पा स्ववियु निर्वाचन गराउन उदासीन रहेको भेलामा सहभागीले आरोप लगाए ।
अध्यक्ष शेर्पाले स्ववियु केन्द्रित गतिविधि नगरेकाले हुँदा उनीमाथि दबाब बढाउनुपर्ने माग समेत भेलामा उठेको थियो । त्रिविले वार्षिक क्यालेन्डरमा १५ फागुनमा स्ववियु निर्वाचन गर्ने तालिका बनाएको छ ।
भेलामा थापा निकटका विद्यार्थी संगठनका केन्द्रीय सदस्य, काठमाडौं उपत्यकाका क्याम्पसमा विद्यार्थी नेता सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ माघ २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड
केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन : नेविसंघ