काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्ने भएको छ । बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो ।
सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताए ।
सोमबार बसेको बैठकमा अभियान र पछिल्लो राजनीतिबारे समीक्षा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताएका थिए । सापकोटाका अनुसार आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत
तराई-मधेश जागरण अभियानमा फेरि होमियो माओवादी
पूर्वराजालाई तत्काल कारबाही गर्न माओवादीको माग
सर्वदलीय बैठक बोलाउन माओवादीको सुझाव