पर्सा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले वीरगञ्ज महानगर कमिटिको नयाँ नेतृत्वको चुनाव अनिश्चित बनेको छ । महानगर कमिटिको नयाँ नेतृत्व चयनका लागि लागि चार दिन अगाडि ‘नोमिनेशन’ भएको थियो ।
नोमिनेशन भएको चार दिन बितिसक्दा पनि मतदान भने अझै हुन नसकेको अध्यक्ष पदका उम्मेदवार सुन्दर राउत कुर्मीले बताए । वीरगञ्ज मा नोमिनेशनकै दिन कर्फ्यू लागेपछि निर्वाचन स्थनगन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष बिचारी यादवले बताए ।
उनका अनुसार अहिले पनि वीरगन्ज निषेधाज्ञा लागू छ, यो अवधिमा मतदान गराउन सकिदैन ।उनले भने, ‘अहिले हामीलाई यहीकारणले कठिनाइ भइरहेको छ, अब यो हटेपछि अध्यक्ष मण्डलहरुको बैठक बसेर हामी मतदान गराउने छौं ।’
तर अहिलेको अवधिमा सम्भव नरहेको उनको भनाइ छ । गएको ३० गते महानगरको कमिटि नयाँ नेतृत्वको चयनका लागि नोमिनेशन भएको थियो ।
८३ पदका लागि निर्वाचन हुँदैछ । जसमा अध्यक्ष पदमा २ जना, उपाध्यक्षमा २ जना, सचिवमा ४ जना र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको जनाइएको छ ।
अध्यक्ष पदमा सुन्दर राउत कुर्मी र नवराज शर्माको उम्मेदवारी परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १५ : १८
लेखकबाट थप