काठमाडौँ । शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा कोशी अस्पताल विराटनगरमा रेडियोग्राफर पदमा कार्यरत जितेन चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालको सिटी स्क्यान डिपार्टमेन्टमा कार्यरत चौधरीको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोपमा मंगलबार विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
चौधरीको बीएससी तहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारमा उजुरी निवेदन परेको थियो । उक्त निवेदनमा अनुसन्धान हुँदा चौधरीले भारतको राजीभ गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्स कर्नाटकबाट जारी भएको बीएससी एमआईटी सर्टिफिकेटको झुटो शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको देखिएको प्रवक्ता घिमिरेले बताए ।
चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१)बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना गर्न माग उजुरीमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० फागुन २०८१, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरा महानगरका अधिकृत गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका प्रमुख स्टोर सहायकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
मालपोत कार्यालय महोत्तरीका खरिदार र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा
पशु शाखा प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
जनकपुर टुडेका प्रधान सम्पादक यादवसहित ३ जनाविरुद्ध भ्रष्टाचारकाे मुद्दा दायर