इटालियन गोलकिपर बुफोन आज नेपाल आउँदै

सफल खबर संवाददाता

आइतबार, १८ फागुन २०८१, १२ : ००
इटालियन गोलकिपर बुफोन आज नेपाल आउँदै

काठमाडौँ ।  विश्वकप विजेता इटालियन गोलकिपर जियालुजी बुफोन आज नेपाल आउँदै छन् ।

राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा भइरहेको तेस्रो संस्करणको केपी ओली कपको फाइनलमा प्रमुख अतिथिका रूपमा बुफोन नेपाल आउन लागेका हुन् ।

केपी ओली कपको फाइनल खेल भोलि दशरथ रङ्गशालामा हुँदैछ । बुफनले भिडीयोमार्फत् नेपाल आउन लागेको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस