‘ताण्डवम्’ को प्रिमिएर पनि स्थगित

सफल खबर संवाददाता

बुधबार, ०७ फागुन २०८१, १२ : ५८
‘ताण्डवम्’ को प्रिमिएर पनि स्थगित

काठमाडौंँ । फिल्म ‘ताण्डवम्’ को प्रिमिएर स्थगित गरिएको छ । चलचित्र सेन्सर बोर्डले फिल्मको सेन्सरमा रोक लगाएपछि आज बुधबार साँझ हुने भनिएको फिल्मको प्रिमिएर स्थगित गरिएको हो ।

फिल्म सेन्सरमा रोकिएको कारण प्रिमिएर रोकिएको निर्देशक जुनिम गहतराजले बताए । उनले फिल्मलाई छिट्टै सेन्सर गरेर प्रदर्शनमा ल्याउने तरखरमा आफु लागेको सुनाए। मंगलबार भएको सेन्सरमा फिल्मलाई चलचित्र सेन्सर बोर्डले अत्याधिक हिंसात्मक दृश्य भएकोले सच्याएर ल्याउन भन्दै फिर्ता पठाएको हो ।

जुनिम गहतराज निर्देशित फिल्ममा जुनिम सहित सरिना मगर,अंकित खड्का लगायतका कलाकारहरुको अभिनय छ । फिल्म बदलाको कथामा बनेको हो ।

प्रतिक्रिया दिनुहोस