काठमाडौँ । तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले वडा सचिव नवीन भुसालको घाँटी अँठ्याउँदै चड्कन हानेको विषय प्रतिनिधिसभामा उठेको छ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले कर्मचारीलाई वातावरण निर्माण गर्न सरकारसँग माग गर्दै त्यो विषय उठाएका हुन् ।वडास्तरीय भलिबल कार्यक्रमको बिल स्वीकृत गर्न नमानेको भन्दै एमालेबाट निर्वाचित वडाध्यक्ष गुरुङले वडा सचिव भुसाललाई कुटपिट गरेका थिए ।
वडाध्यक्ष गुरुङको कुटाइबाट घाँटी र गालामा निल डाम रहेको भुसाललाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ फागुन २०८१, १४ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१९ वैशाखमा नीति तथा कार्यक्रम, २८ मा प्रिबजेट
साहसिक खेलकुदबाट पर्यटनको विकास गर्न सकिन्छ : सभामुख
शोक प्रस्ताव पारित गर्दै संसद् बैठक सकियो
प्रधानमन्त्री ओली थाइल्याण्ड भ्रमणमा जाने
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
दुई दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आज बस्दै