काठमाडौँ । सोमबार सेयर बजारको परिसूचक नेप्से २९.८७ अंक (१.१० प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि २७२७ मा कायम भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ ।
अघिल्लो दिन ९ अर्ब ४७ करोडको कारोबार भएकोमा आज १० अर्ब ४ करोडको भयो । १६६ कम्पनीको मूल्य बढ्दा ७४ को घट्यो भने ४ को स्थिर रह्यो ।बैंकिङ सेक्टरमा आएको उल्लेख्य वृद्धिका कारण यस दिन समग्र बजार बढ्यो । पुँजीकरणका आधारमा सबैभन्दा ठूलो सेक्टर रहेकाले बैंकिङको प्रभाव बढी पर्दछ । यो सेक्टर आज नेप्सेभन्दा बढी २.१६ प्रतिशत बढ्यो ।
त्यस्तै विकास बैंक ०.३३, होटेल तथा पर्यटन २.२९, लगानी ०.२०, जीवन बीमा ०.८९, उत्पादन ०.७७, माइक्रोफाइनान्स २.४५, निर्जीवन बीमा १.०७ र अन्य समूह २.४७ प्रतिशत बढे । व्यापार १.२७, हाइड्रोपावर ०.१५ र फाइनान्स ०.८४ प्रतिशत घटेका छन् ।
६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, कुथेली बुखरी स्मल हाइड्रोपावर, एक्सल डेभलपमेन्ट बैंक, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र दिव्यश्वरी हाइड्रोपावर छन् । हालै सूचीकृत गार्डियनको मूल्य प्रतिकित्ता ५८६ रुपैयाँ ३० पैसा पुगेको छ ।
सप्तकोशी विकास बैंकको मूल्य १० प्रतिशत नै घट्यो । सेन्ट्रल फाइनान्सको ४.५, ग्रीन डेभलपमेन्टको ४.२ र बेस्ट फाइनान्सको ३.८ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी, सीईडीबी होल्डिङ्स, एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स फाइनान्स र युनाइटेड इदी मर्दी हाइड्रोपावर क्रमशः अगाडि रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, १५ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७४३ अंकमा पुग्यो
सेयर बजार २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार
२६७८ अंकमा झर्यो सेयर बजार
सेयर बजार २६८५.७३ विन्दुमा, पौने ९ अर्बको कारोबार
पाँच दिनपछि बढ्यो सेयर बजार, विकास बैंकमा आकर्षण
घट्यो सेयर बजार