सेयर बजार २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार

सफल खबर संवाददाता

आइतबार, ०४ फागुन २०८१, १५ : २३
सेयर बजार २७ सय नजिक पुग्यो, साढे ९ अर्बको कारोबार

काठमाडौं । सेयर बजार परिसूचक नेप्से २७ सय अंक नजिक पुगेको छ । आइतबार  बजार १९.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २६९८ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको भयो ।

१७६ कम्पनीको मूल्य बढ्दा ६३ को घट्यो भने ४ को स्थिर रह्यो । फाइनान्स सेक्टरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ । सो समूह सबैभन्दा धेरै ४.९४ प्रतिशत बढेको छ ।

बैंकिङ ०.९८, विकास बैंक ०.०८, होटल तथा पर्यटन १.९५, हाइड्रोपावर ०.३६, लगानी १.१७, जीवन बीमा ०.३९, उत्पादन ०.२०, माइक्रोफाइनान्स १.८६, अन्य ०.३८ र व्यापार ०.२५ प्रतिशत बढे । निर्जीवन बीमा १.२८ प्रतिशत घट्यो ।

६ कम्पनी विन नेपाल लघुवित्त, गुराँस लघुवित्त, नेपाल फाइनान्स, जानाकी फाइनान्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र पोखरा फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।त्यस्तै न्यादी हाइड्रोपावरको १० प्रतिशत घट्यो । एनएलजी इन्स्योरेन्सको ९.५५, बाराही हाइड्रोपावरको ७.४१, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.८ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी होल्डिङ्स, हिमालयन पावर पार्टनर, न्यादी हाइड्रोपावर र सप्तकोशी विकास बैंक क्रमशः अगाडि रहे ।

 

प्रतिक्रिया दिनुहोस