चितवन । चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ बसेको नेपाली सेनाले गोली हानेर जंगली हात्ती मकुना मारेको घटनाका बारेमा छानविन गर्न गठन समिति चितवन पुगेको छ ।
घटनाको छानबिन गर्न वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वको टोली चितवन पुगेर सरोकारवाला पक्षसँग छलफल थालेको छ । समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयारी गरेर घटनाको अनुसन्धान थालिएको छानबिन समितिका संयोजक डा. पौडेलले जानकारी दिए ।
सो समितिले आज बिहान चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलसँग छलफल गरेको छ । आज नै सो समितिले निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष तथा पदाधिकारी, निकुञ्जका अधिकारी तथा नेपाली सेनासँग छलफल गर्ने समितिले जनाएको छ ।
गत शुक्रबार बनेको छानबिन समिति चितवनमा दुई दिनसम्म रहनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ माघ २०८१, १३ : ४५
लेखकबाट थप