काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाश शरण महतले आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याएको दाबी गरेका छन् । आइतबार काठमाडौँमा विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अध्यादेशको बचाउ गरेका हुन् ।
‘आर्थिक सुधारका लागि सरकारले अध्यादेश ल्याउनु आवश्यक थियो । अहिलेको जमानामा आर्थिक सुरक्षित भएर मात्रै समृद्धि हुन्छ । आर्थिक सुधार नभएसम्म संविधानमा राखिएका कन्टेन्ट लागु गर्न सकिँदैन ।
लगानी वृद्धि गर्न नै सरकारले अध्यादेश ल्याएको हो । अहिलेको कानुन एकले अर्कोलाई रोक्ने खालको छ । त्यसमा सुधार ल्याउन अध्यादेश ल्याएको हो । यसको मतलब अध्यादेशबाट नै अगाडि बढ्न खोलेको होइन । संसद् छलेर सरकारले किन अध्यादेश ल्यायो भनेर प्रश्न उठाउनु जायजै मान्न सकिन्छ’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, १६ : १८
लेखकबाट थप