काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेको सांसद पदको निलम्बन फुकुवा गर्न माग गरेको छ । सो पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले शुक्रबारको संसद बैठकको शुन्य समयमा बोल्दै उनको निलम्बन फुकुवा गर्न माग गरेका हुन् ।
लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको उल्लेख गर्दै उनले सार्वभौम संसदले समेत सरकारको सोही रवैयालाई समर्थन जनाएको आरोप लगाए ।एउटा व्यक्ति र चौथो ठुलो दलको सभापतिमाथिको यो हदसम्मको प्रतिशोधको मूल्य सरकारले चुकाउनुपर्ने उनले बताए ।
‘झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्’, उनले भने, ‘सरकारको यस्तो सवैयाको संसदले समर्थन नगरोस् । उनले थुनामा नरहँदा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्न पनि सभामुख देवराज घिमिरेसँग माग गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, १४ : ००
लेखकबाट थप