जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

सफल खबर संवाददाता

आइतबार, २० माघ २०८१, ११ : २३
जलेश्वर कारागारका एकजना कैदीको मृत्यु

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारका एकजना कैदीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका-१ कार्तिकुमरका ५६ वर्षीय जोगेन्द्र महराको मृत्यु भएको हो ।

अचानक बेस्सरी पेटदुखेपछि उनलाई मध्यराति प्रादेशिक अस्पताल जलेश्वरमा भर्ना गरिएको थियो । उपचारको क्रममा शनिबार राति २:३० बजेतिर उनको मृत्यु भएको कारागार प्रशासन प्रमुख अशोक क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार महरा पहिलेदेखि नै औषधि सेवन गरिरहेका थिए । २०३८ सालमा गाउँकै खेतमा भएको आगजनी घटनामा दोषी ठहर गर्दै उनलाई जिल्ला अदालत धनुषाले कैद सजाय सुनाएको थियो । त्यसबेलादेखि फरारका लिस्टमा रहेका उनलाई दुई वर्षअघि प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि कारागार चलान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस