गोरखा । मनास्लु क्षेत्रमा पदयात्राको क्रममा एक जना नेपाली पथ प्रदर्शकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षिय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
धार्चे गाउँपालिका–३ खोर्लाबेंशीस्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढलेपछि उपचारका लागि उनलाई धार्चे जिल्ला आधारभूत अस्पताल लगिएको थियो ।
‘उनी आईएनएफओ नेपाल ट्रेकिङ एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा आएका रहेछन्,’ डीएसपी इन्द्रप्रसाद सुवेदीले भने ।टाउकोमा गहिरो चोट लागेका शेर्पाको उपचारको क्रममा बिहीबार बिहान साढे ९ बजे मृत्यु भएको उनले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १४ चैत्र २०८१, १३ : ३९
लेखकबाट थप