कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

सफल खबर संवाददाता

मंगलबार, १५ माघ २०८१, १२ : १०
कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौँ । कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।  सभामुख देवराज घिमिरेले बोलाएको बैठक सिंहदरबारस्थित राज्यव्यवस्था समितिको हलमा सुरु भएको हो ।सोमबार संसद्‌मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलपछि आज कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो ।

बैठकले संसद् बैठकको आगामी क्यालेन्डर तयार गर्ने तयारी छ । संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक यही माई १८ गते बस्दैछ । उक्त बैठकको तयारीका लागि कार्यव्यवस्था समिति बस्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस