एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको व्यापारका विषयमा दिएको टिप्पणीपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले अमेरिकासँग कुनै व्यापार युद्ध नहुने बताएकी छन् । शेनबामले नियमित पत्रकार सम्मेलनमा भनिन्– ‘म व्यापार युद्ध देख्दिनँ। अमेरिकी राष्ट्रपतिले हिजो मेक्सिकोको बारेमा फरक तरिकाले बोल्नुभएको छ ।विश्व आर्थिक मञ्च (डाभोस) मा बिहीबार एक प्रश्नको जवाफ दिँदै ट्रम्पले भनेका थिए, ‘हामी मेक्सिकोसँग राम्रो व्यवहार गरिरहेका छौँ।
हामी न्यायोचित व्यवहार गर्न चाहन्छौँ।’ यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले फेब्रुअरी १ देखि मेक्सिकाबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने चेतावनी दिएका थिए ।
शेनबामले वासिङ्टनसँगको सहकार्यलाई मजबुत बनाउन र फेन्टानिलको वितरण र आप्रवासनजस्ता केही प्राथमिकताका विषयमा ट्रम्पसँग मिलेर काम गर्ने इच्छा पनि व्यक्त गरिन् ।
ट्रम्पले पदभार ग्रहण गरेदेखि नै सामूहिक निर्वासनमार्फत आप्रवासी विरोधी उपायहरूलाई बलियो बनाउन विभिन्न कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
यसको जवाफमा मेक्सिको सरकारले सीमामा आप्रवासी नियन्त्रण केन्द्रहरू स्थापना गर्यो र निर्वासितहरूको लागि व्यापक निगरानी राख्न ‘मेक्सिकोले अमेरिकी अधिकारीसँग काँधमा काँध मिलाएर अघि बढ्न’ कार्यक्रमको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ माघ २०८१, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ
बिषाक्त झोलाका कारण मेक्सिकोमा १३ बालबालिकाको मृत्यु
मेक्सिकोमा गोली लागि ११ बन्दूकधारीको मृत्यु
मेक्सिकोमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु