काठमाडौँ । नेपालगञ्जमा माघ १० देखि २२ गतेसम्म आईएनजीस्क्रीन ५ औँ ‘क्यान इन्फोटेक २०२५’ आयोजना हुने भएको छ। सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका नवीनतम विकासलाई प्रस्तुत गर्दै यो प्रदर्शनी नेपालगञ्ज उद्योग वाणिज्य संघको प्रादेशिक महोत्सवको विशेष हिस्सा हुनेछ।
यस बृहत् प्रदर्शनीको मुख्य प्रायोजक आईएनजीस्क्रीन हो भने सह(प्रायोजक डिजिटल पालिका रहेको छ। प्लाटिनम स्पोन्सर हिकभिजन, गोल्ड स्पोन्सर डिजिटल कर्नर, र सिल्भर स्पोन्सर सेन्चुरी कम्प्युटर सप्लायर्स रहेका छन्। प्रदर्शनीका अन्य साझेदारहरूमा भायनेट कम्युनिकेसन, नेपालगञ्ज क्याम्पस, पावर म्याक्स इन्स्ट्रुमेन्ट इन्डस्ट्रिज, र खजुरा गाउँपालिका रहेका छन्।
यस वर्ष क्यान इन्फोटेकमा हाइड्रो पावरको ट्रान्समिसन लाइन तान्न प्रयोग गरिने हेवी ड्युटी म्याट्रिक्स ६०० ड्रोन, एआई प्रविधियुक्त स्मार्ट बोर्ड र सीसीटीभी क्यामरा, र डिजिटल प्रविधिबाट उद्घाटनजस्ता आकर्षणहरू समावेश गरिनेछन्। यसका साथै, एआई वेबिनार, साइबर सुरक्षा सहायता डेस्क, र छात्रवृत्तिका अवसरहरूको जानकारी जस्ता विशेष कार्यक्रमहरू पनि हुनेछन्।
प्रिन्टिङ पार्टनरमा ओम विज्ञापन, इभेन्ट म्यानेजमेन्ट पार्टनर लाइक माइन्ड्स इभेन्ट, इनोभेसन पार्टनर इनोभेसन र नवप्रवर्तन केन्द्र, तथा सोसल मिडिया पार्टनर नेपालगञ्ज ग्यालरी र यात्रा मिडिया रहेका छन्। प्रदर्शनीलाई सफल बनाउन खजुरा गाउँपालिका, बैजनाथ गाउँपालिका, नेपाल टेलिकम, नेपालगञ्ज उद्योग वाणिज्य महासंघ, लगायतका संस्थाहरूको सहकार्य रहनेछ।
३० वटा स्टल रहेको यो प्रदर्शनीमा १५ देखि २० लाख रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० माघ २०८१, ११ : ३८
लेखकबाट थप